बुकहरु

रातो बारुदु कविता संग्रह

मेरो कविता यात्रा
शारीरिक रूपमा दुर्बल नै किन नहोस् जुलुसको हुलमा पसेर नारा भट्याउन थालेपछि घचेटिएर, अँचेटिएर जसरी पनि गन्तव्य तर्फ सोझिँन बाध्यता हुँदो रहेछ । त्यस्तै भएको छ मेरो कविता यात्रा । कहिले साहित्यकार टोपलिएर चीन पुगेकोछ, कहिले सिक्किम गएर कविता गोष्ठीमा भाग लिएकोछ, कहिले अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाका कविहरूको पङ्क्तिमा उभिएर कविता पाठ गरेकोछ। आफ्नै थातथलोमा हुने साहित्यिक कार्यक्रममा भ्याएसम्म सामेल नहुने कुरै भएन । चौतर्फी भाले बासेर बिहानीको सन्देश दिइरहँदास परेवाले पनि खोपबाट माकुरमाकुर गरेर जगत जगाउँने सूक्ष्म सङ्केत गरेजस्तै हुनसक्छ मेरो कविताको उत्कण्ठा । सानैदेखि साहित्यमा अभिरुचि भएको हुनाले कुनै एक विधामा घनिभूत लागेर उत्तम कृति सिर्जना गर्न सकूँ भन्ने सपना देखिन्थ्यो । राष्ट्रिय राजनीति र दलित संघर्षको आवश्यकताले मेरो सिर्जनाको विधा विविध बनेर छरिन पुग्यो । जीवनी, नाटक, उपन्यास, कथा, निबन्ध, नियात्रा, समीक्षा, इतिहास, अनुसन्धान जस्ता थुप्रै विधामा हातहाल्न पुगेँ । 

सङ्घर्षशील युगपुरुष भगत सर्वजित विश्वकर्मा

भगत सर्वजित विश्कर्माका जीवित सहयोद्धाहरू, राजनीतिक दलका नेताहरू, सामाजिक संस्थाका प्रमुखहरू र गैर दलित वा दलित बुद्धिजीवीहरू तथा साहित्यकार एवं पत्रकारहरू समेतले भगत सर्वजित विश्कर्माको नेतृत्वमा भएको उक्त जातीय असमानता विरोधी ऐतिहासिक संघर्षलाई सरोकारको विषय बनाए । तव न उक्त तत्कालीन सामन्ती सत्ता विरुद्धको बिद्रोहलाई जति पछिभयो उति महत्त्वका साथ हेरिँदैछ । त्यो आन्दोलन सबैको उत्प्रेरणाको स्रोत बनिरहेको छ । सर्वजितले स्थापना गरेको विश्व सर्वजन सङ्घ २००३ समग्र नेपाली दलित आन्दोलनको जग सङ्गठनको रूपमा समेत स्थापित हुन पुगेको छ ।
हिन्दु धर्म र संस्कारको हवालादिएर सिङ्गो मानव जातिप्रति गरिएको जातीय उत्पीडन विरोधी संघर्ष भएको हुनाले त्यतिबेलाको बाग्लुङ बिद्रोहलाई अझै उत्खनन गरेर विश्वब्यापी बनाउन जरुरी छ ।

मुक्ति योद्धा लप्टन लाल बहादुर परियार

नलेखिएको इतिहास - रणेन्द्र बराली
भूगर्भभित्र अनगिन्ति धातुहरू छन् । सुनचाँदी, हिरामोती, माणिक, पन्ना, निलम आदि रत्नलाई मानिसले धर्ती फोरेर निकालेर जब शोधन गरे; तब न ती वस्तुहरूका गुण र शक्तिको महत्त्व प्रदर्शित भयो । तेस्तै हाम्रो समाजमा लुकेका थुप्रै प्रतिभाशाली देशभक्त मुक्तिकामी ऐतिहासिक वीर सपुतहरू छन् । महान योद्धाहरू छन् । जसको इतिहास गुमनाम भएर बसेको छ ।
भनिन्छ "हलेदो भनेर चिन्न पनि त कोट्याउनु पर्दछ ।” यदि त्यसरी कोट्याउने कार्य नभएको हुँदो हो त आज नेपालको दलित आन्दोलनका प्रथम संगठक सर्वजित विश्वकर्मालाई दलित संघर्षका युग पुरुषको रूपमा पाइने थिएन । रूपलाल विश्वकर्माको प्रेरणा र थुप्रै सहकर्मीहरूको सहयोगमा उनले गरेका संघर्षको गाथा उजागर गरिएको हुनाले आज उनलाई प्रेरणाको स्रोत मान्न र दलित आन्दोलनको शोधको विषय बनाउन पाइएको छ ।
समुद्रभित्र लुकेर बसेको मोतीलाई निकाल्नु जस्तै हो योद्धा लप्टन लालबहादुर परियारको विद्रोहको इतिहास लेखनको