रणेन्द्र बराली

RANENDRA BARALI

२०८१ असार ७ गते शुक्रबार


नाम– रणेन्द्र बराली , मातापिता – अमृता बराली, झिमलाल बराली, जन्मस्थान –तनहुँ, (जन्म२००८श्रावण २ गते), बसोबास चितवन भ.म.न.पा.१, नारायनगढ, हाल चन्द्रागिरि न.पा.१४, खड्कगाउँ काठमाडौँ । पेसा – समाज सेवा, संलग्न संस्थाहरू – के.स. ने.क.पा.माओवादी केन्द्र, प्रतिनिधि सभा सदस्य– ने.क.पा.माओवादी केन्द्रबाट मनोनित (२०७९) ,अध्यक्ष नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान, सल्लाहाकार –   लु सुन देवकोटा प्रज्ञा प्रतिष्ठान, सचिव – निर्मल लामा स्मृति प्रतिष्ठान प्रमुख व्यवस्थापक – श्रमजीवी (त्रैमासिक) पत्रिका

प्रकाशित कृतिहरू –
१) नेपालमा अछूत जातीय संघर्षको इतिहास (केही योद्धाहरूको परिचय) २०३८ 
२) उही परिमार्जित संस्करण २०५०
३) आफ्नै ब्यथा (नाटक) २०५६
४) सर्वजित विश्वकर्माको (जीवनी) २०६३
५) इतिहासको एक पैका (उपन्यास) २०६५
६) चीनको कोशेली (यात्रा संस्मरण बुकलेट) २०६६
७) दलितको दैलो (कथा सङ्ग्रह) २०६८ (दशकक्षा ‘क्भभ’ नेपालीको नयाँ पाठ्उक्रममा केही अंश सम्मिलित)
८) समुद्र पारीको उपहार (अमेरिकाको नियात्रा) २०६८
९) हाम्रो संस्कृति र संस्कार (आलेख) २०७२
१०) दलितलाई हेर्ने दृष्टिमा फूल र काँडा (विवेचना सङ्ग्रह) २०७४
११) संघर्षशील युग पुरुष सर्वजित विश्कर्मा, (जीवनीं) २०७६
१२) रातो बारुद (कविता संग्रह) २०७७
१३) नेपाली दलित साहित्यलेखनको इतिहास (ले.द्वय–रणेन्द्र बराली, डिडी अधिकारी)२०७७
१४) मुक्ति योद्धा लप्टन—लालबहादुर परियार २०८०   
संपर्क नं.९८५५०५५७०३, ०१(४३१२१७१, भ्mबष्–िचबलभलमचबद्दण्ण्ड२नmबष्।िअयmर धभदकष्तभ)लमअि बअबमझथ।यचन   

जातीय तथा वर्गीय राजनीतिमा संलग्नता  ।
नेपाल राष्ट्रिय दलित जनविकास परिषदको चितवन जिल्ला सचिव –२०२४ । के. सचिव – (मध्यमाञ्चलबाट) २०३६ । के.कोषाध्यक्ष्य –२०४८ । नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजको महासचिव – २०५६ । नेपाल राष्ट्रिय दलित मुक्ति संगठनको अध्यक्ष – २०५८ । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको संयोजक –  २०६८र७०, संरक्षक २०७०र०७६ ।
पार्टी तर्फ 
नेपाल कम्युनिष्ट (पुष्पलाल) पार्टी सदस्य २०२५ मा । डी.सी.एम्.साथै पूर्णकालिन २०२८ । जि. अध्यक्ष (नेपाल मजदुर किसान पार्टी), २०३० । सर्वहारावादी श्रमिक संगठन २०३८र २०४७ सम्म । संयुक्त जनमोर्चा नेपाल (एकता केन्द्र)को गण्डकी  द्यौलागिरी ब्यूरो सदस्य तथा लम्जुङ जि.इन्चार्च, के. सल्लाहाकार –एकता केन्द्र मसाल एवं सयुक्त जनमोर्चा नेपाल २०५८र२०६५ । के.सल्लाहाकार नेकपा माओवादी केन्द्र २०६६र२०७२ । केन्द्रीय परिषद सदस्य २०७२ र२०७५ । पोलिटव्योरो सदस्य ०७५।  हाल के.सदस्य माओवादी केन्द्र र २०७९ प्रतिनिधि सभा सदस्य समनुपातिक तर्फबाट ।  
रणेन्द्र बरालीको जीवन परिचय
मेरो परिचय 
     जन्म वि.सं.२००८ श्रावण २ गते तनहुँ जिल्लाको काहँु शिवपुर चन्दनथोक (हाल रिसिङ गा.पा.२) मा भएको । माताको नाम अमृता र पिताको नाम झिमलाल बराली । बाह्र सन्तान मध्ये चौथो र तीन छोरा मध्ये जेठो छोरा । ठूलो मगर गाउँ समाजमा हुर्केको हुनाले मलाई मगर भाषा र संस्कृतिको गहिरो छाप परेको छ । मेरा मगरभाषका लेख लाङ्घाली पत्रीकाले छापिएका पनि थिए । तथापि त्यही मगर गाउँको गैराथोके मुखियाको घरमा दसैँको टीका थाप्न गएका आफ्ना बाजेलाई गुन्द्री छोइदिएको निउँमा कुटीकुटी हत्या गरेको कुरा बाबाको काखमा बसेर सुने पछि मनमा लागेको चोटले भने ठूला जाति र वर्ग भनिनेहरूको दमनका कारण बदलाभावले बच्चैदेखि मेरो मस्कतिष्कमा जरो गाडी रह्यो । बाल्यकालः
लगातार तीन बहिनी छोरी जन्मेपछि छोराको रहरले भूतुक्क भएका मेरा बाआमाले चौथो सन्तानको रूपमा पाएको मलाई अत्यन्तै लाड प्यारले हुर्काउँनु स्वभाविकै थियो । आफ्नै पिताबाट पढाइमा अक्षेराम्भ गरेको भए तापनि गाउँको संस्कृति पाठसालाका गुरु पं.केदारनाथ पराजुलीको सदाशयताले शिक्षार्जनमा टेवा पुगेको थियो । गुरुले मलाई आफ्नै छोराहरूको हारमा राखेर प्रारम्भिक शिक्षा दिनु भएको हो । 
मध्यपहाडी भागका अन्य किसान जस्तै मेरा परिवारको मूल आए कृषि नै थियो । तथापि बुवाले गर्ने सुन व्यवसायको थप आयले परिवार निम्नमध्यम वर्गको श्रेणीमा थियो । गाउँमा सबैको भन्दा बलियो र मोटो घोडा पाल्ने र कुदाउँने मेरो प्रथम रुचिको विषय थियो । छिमेकी स्कूलका विद्यर्थीहरूसँगको साहित्यिक प्रतियोगितामा पुरुस्कृत हुने हुँदा मलाई शिक्षकहरूबाट न्यानो माया प्राप्त हुन्थ्यो । पढाइमा क्लास प्रथम हुने भएको ले मैले चार र छ कक्षा पढ्न परेन । तीन, पाँच र सात कक्षा पहाडघरको स्कूलमा पढेर चितवनको शारदा हाइस्कूलमा ८ कक्षाको पढाइ शुरु र चितवन बसोबासको शुरु सँगसँगै भएको हो । 
बसोबास र राजनीतिक ः 
साढे ११ वर्षको उमेरमा २०२० मा दिनु बरालीसँग पहाड घरमा नै विवाह भएता पनि २०२५ सालमा चितवन गुञ्जानगर ५ झरेर स्थाइ बसोवबास गरियो । २०२४ मा रूपलाल विश्वकर्माको सम्पर्कबाट नेपाल राष्ट्रिय दलित जनविकास परिषद नामको जातीय संगठनमा आबद्ध भई २०२५ मा चितवन जिल्ला सचिव भएर तनहुँ, नवलपरासी, संगठन विस्तार अभियानमा लागियो । २०२५ सालमा नेकपा (पुष्पलाल) मा आवद्ध भएपछि जातीय छुवाछूत विरुद्धका साथै सुकुम्वासी संघर्ष, सामन्त जाली फटाहा विरुद्धको संघर्षको नेतृत्व गर्दा अञ्चलाधिसबाट वारेन्ट जारी भएपछि ३२ सालसम्म पूर्ण भूमिगत बास । २०३८ सम्म अर्ध भूमिगत र भारत परबास । कालीकोट, जाजरकोट, दैलेख र जुम्ला सम्ममा सङ्गठन विस्तारको लागि ब्यापार प्रयोजनकासाथ सुर्खेत बसोबास २०४० सम्म । नारायणगढ चितवन बसोबास २०४०÷२०६४ र त्यसपछि काठमाडौँ हालसम्म ।         

छुवाछूतको समस्य प्रत्यक्ष भोगाई
हो, मैले बाल्यकालदेखि भोग्न परेको जातीय छुवाछूतजन्य अपमानको पीडाले नै त हो जातीय समानता र मानवीय स्वाभिमानको लागि; आफ्नो जीवनलाई संघर्षमा होमेको ।    
सर्वप्रथमः स्कूल पढ्दा उपरी जात भनिनेहरू भन्दा अलग भुईंमा बसेर पढ्न पर्ने त थियो नै । एकदिनको कुरा हो; हेडसर खेमकान्त पौडेलले पढाउँदा ‘मानिसमा जातीय भेदभाव गर्नु अवैज्ञानिक कुरा हो, सबै मानव एउटै प्रकृतिका उपज हुन्, छुवाछूत जस्ता पक्षपात गर्नु नालायक काम हो’ मैले उठेर प्रश्न गरेँ सर त्यसो भए म त्यो माटाको घडाबाट आफै पानी सारेर खान सक्छु ? सरले ‘हुन्छ’ भन्नासाथ म गएर पानी सारेर खान उत्तानो घाँटी पार्दै मात्र के थिएँ; टीकाराम हल्दार ग्याम टिचर आएर च्याप्प घाँटी समातेर देब्रे गालामा हानेको झापटले दाहिने गाला दाहिने कुमतिर टाँसिन पुगेछ । म बेहोस भएर लडेछु । उनै हेडसरले घाँटी सोझ्याइदिए पछि म होसमा आउँदा मैले छोएको घडा र पानी सार्ने माटोकै अङ्खोरा झ्यामझुम फोरेर फालेछन् हेडसरलाई सबै सरहरूले ख्यापख्याप पारी रहेका थिए । म भने डरले कितापको झोलै छाडेर रुँदै घरतिर भागेँ । घटना २०२० सालको मुलुकि ऐन बन्नु पूर्वको हो । २०१८ सालपछि मास्टरी धन्दा छाडेर खेमकान्त सर तनहुँ जिल्लाको सभापतिको उमेदवार हुनु भएको बखत प्रचारमा हिँड्दा बिरोधिहरूले सेती नदीमा हेलीदिएर मारे । प्रगतिशील विचारका ती सर लिखे उपन्यासका लेखक सरद पौडेलका काका थिए ।
बिर्सनै नसक्ने अर्को घटना ः 
२०१९ सालको घटना हो । मेरो भाञ्जाको विवाहमा गएका जन्ती तनहुँको थर्पु बजार कटेर गजरकोट पुग्नु थियो । मसमेत पाँचजाना घोडा चढेर गएका हुनाले जन्ती भन्दा आगाडिनै थर्पुबजार पुगियो । राता जिलेबी किस्तिभरी राखेको होटलमा सोधियो ‘कसरी बेच्नुभाछ यो ?’ पसलेले भने ‘प्रतिगोटा छ पैसा पर्छ, मोहरको लिए दशओटा ।’ लौ एक मोहरको दिनोस् भनेर छान्न मात्र केलागेका थियौँ ‘कामीका जन्ती हैनौ तिमीहरू ?’ भन्दै पसलेले कड्क्यो । हामीले हो भन्न नपाउँदै सानो जातले किन खानेकुरा छोइस् भन्दै हातपात शुरु भइगयो । म दौडेर घोडाको आड लाग्न पुगेँ छिमेकि समेतले मलाईनै निसाना बनाएर घेरे । मेरो घोडाले मलाई रक्षा गर्न हिनहिनउँदै चारै पाउ भुइँमा बजा¥यो तर एउटा बुढाले हानेको झटाराले मेरो नाकैमा लगेर नाथ्री फुट्यो । सेतो कमिज रातो रगतले भिज्यो । कुटामारीको होहल्ला सुनेर जन्तीरू छिटै दौडेर आएपनि प्रतिरोध गर्न सकेनन् । बिस्टको खाने कुरा छुन नहुने भनेर गल्ती मेरै ठह¥याए । मेरो बाबाले पुरै जेरीको मूल्य छ रुपैयाँ चाँदीका डबल छनछनी गन्दिनुु भयो । जेरी पोका पारेर मलाई लिन दिनु भयो । मान्छे हुलमुलमा नै रुमलिएका थिए । यो काण्डको पोका लिएर म सरासर म्याग्दी खोलाको ठूलो दहमा पुगेँ । त्यही दहको भूमरीमा जेरीको पोका हुत्याइदिएँ । म पनि जेरी सँगै दहमा हामफालौकि जस्तो लाग्यो । आँशु र रगतले भिजेको ज्यान हेरेँ र सम्झिएँ । मेरो के गल्ति छ र ज्यान फालुँ । मलाई यो हालत बनाउँने मान्छे र समाजसँग एकदिन बद्ला नली म मर्न हुँदैन भनेर बङ्गरा कस्दै कसम खानु र पछाडिबाट बाबाले तान्नु सँगसँगै भयो । (यो घटनालाई मैले लेखेको ‘नाटक आफ्नै ब्यथा’ मा केही झल्को दिएको छु र उपन्यास ‘इतिहासको एक पैका’ मा स्पष्ट राखेको छु)                 

३) न्याय समानता र मुक्तिका लागि संघर्ष 
दलित मुक्ति आन्दोलन परिचालनमा, (क) कानुनी संघर्ष, (ख) राजनीतिक संघर्ष र  (ग) वैचारिक संघर्ष, यी तिनै प्रारूपका संघर्षलाई समय सापेक्षित किसिमले परिचालन गदै आइएको छ । 
(क) कानुनी संघर्षः शुरुमा २०२० को मुलुकी ऐनलाई आधार बनाएर ‘सार्वजनिक स्थानमा जातीय विभेद गर्न पाइदैन, ऐन कानुन कार्यान्वयन गर’ जस्ता सडक नारामा आन्दोलन केन्द्रित थियो । ३० को दशक पछि ‘दलितलाई आरक्षणको व्यवस्था गर, कानुनमा डण्डनीय करारको व्यवस्था हुनै पर्छ, निशुल्क शिक्षा, स्वास्थको व्यवस्था गर, सुकुम्बासी दलितलाई जग्गा देउ जस्त नारामा केन्द्रीत साङ्गठानिक संघर्ष हुन्थे । ५० को दशक पछि आएर दलित अधिकारका अझै सशक्त नारा घन्किए; जसमा विशेषाधिकारको व्यवस्ता गर, समानुपातिक सहभागिताको गारन्टी गर, नेपाली जनता के भन्छ गणतन्त्र ले भन्छ’ आदि । जे भने पनि यी सबै वैधनिक सघर्षका अभीष्ट कडीहरू थिए ।
   (ख) राजनीतिक संघर्ष ः शुरुशुरुको दलित आन्दोलनले छुवाछूतको विरुद्ध धार्मीक तथा पेसागत सवालमा समानता र स्वाभिमानको खाँतिर संघर्षको उठान गरेको भए पनि टी.आर.विश्वकर्मा, रूपलाल विश्वकर्मा, गंगाबहादुर परियार जस्ता विचार राजनीतिको हैसियत राख्ने नेतृत्वको प्रदुर्भाव पश्चात् दलित आन्दोलन कानुनी संघर्षले मात्र सफल हुन सक्दैन भन्ने ठहर गरी छुवाछूत विरुद्धको आवाज साथसाथै सामन्ती निरङ्कुश शासन मुर्दावात, साम्राज्यवाद मुर्दावाद, लोकतन्त्र ल्याउनै पर्छ, राजतन्त्र फाल्नै पर्छ भन्दै दलित आन्दोलन अगडि बढ्यो । यस्त आन्दोन सडकमा मात्र सीमित रहेनन् । जातीय बिभेद गर्नेलाई जनकावाही गर्ने, मन्दिर प्रवेस गर्ने, तोडफोर गर्ने, छुवाछूत गर्ने दुधडेरी लथालिङ्ग पार्ने, अन्तर जाति विवाह गरी अलपत्र पारेका दलित चेलिलाई घरका ढोका फोरेर भित्रहुली खवरदारी गर्ने आदी काम भए । यीनै संघर्षमा प्रत्यक्ष एवम् परोक्ष सहभागिता हुँदै आएको हो । 
    हाम्रो पहलमा परिचालन भएका दलित आन्दोलनको छोँटो चर्चा गर्नु पर्दा ; प्रथम चरणमा होटल, पसल, कुवा, इनार, दुधडेरी, भोज, स्कूल, मन्दिर, मेलापाता जस्ता ग्रामिण भेग तथा निजी क्षेत्रमा हुने जातीय विभेद विरुद्ध केन्द्रित थियो । त्यही आन्दोलनको विकास भएर जिल्ला सदरमुकामा नारा जुलुस गर्नेसम्ममा पुग्यो । अदालतमा मुद्धा दिने, कानुन कार्यन्वयनकोलागी सि.डि.ओ. कार्यालय घेर्ने । राष्ट्रिय स्तरका मठमन्दिरमा धावा बोल्ने हुँदै सिंहदरबारसम्म पुग्यो । दलित आन्दोलन सिंहदरबार छिरे पछि देशभर दलित समुदायप्रति भएका हत्या ज्यादतिले पूर्ण न्याय नपाए पनि प्रचार सम्म पाउने ग¥यो । संयुक्त दलित आन्दोलनको हैसियतले र सांगठानिक एकल पहलमा समेत सरकार, पार्टी नेतृत्व, निर्वाचन आयोग तथा सबै संवैधानिक निकायमा पुगेर दलित अधिकारको सवालमा नेपालको संविधानमा, ऐन कानुनमा र निर्वाचन प्रणलिमा समेत निर्धारण हुनु पर्ने दलित अधिकारका विषय बुँदाहरूलाई मागको रूपमा रखेर संघर्ष गर्ने काम भयो । यी समेतको संघर्षमा कहिले प्रमुख त कहिले सहायको भूमिका निर्वाह गर्ने कार्य हामीबाट हुँदै आएको छ ।
 अवको सरकार तथा राज्य परिचालन दलहरूबाटै हुने भएकाले अब दलित आन्दोलनको केन्द्रविन्दु पनि दलहरूप्रति नै लक्षित गर्नु पर्दछ । र समानुपातिक सहभागिता ग्यारन्टीको विधि बनाउने कार्य र पार्टीहरूबाटै शुरु गर्नु पर्ने कुरालाई एजेण्डा बनाउन पहल गर्ने काममा एकरूपता कायम गर्नु पर्दछ । यी हुन राजनीतिक संघर्षका कुरा ।      
(ग) वैचारिक संघर्ष
हाम्रो समाजमा विद्यमान जातीय छुवाछूतजन्य विभेदको समस्या; धार्मीक अन्धविश्वास र सामाजिक अवचेतनाका कारणले सिर्जित विषय भएको हुनाले वैचारिक संघर्षको अत्यन्त ठूलो महत्व रहेको छ । मान्छेको मस्तिष्कमा अन्ध विश्वासले यति डरलाग्दोसँग जरो गडेको छ कि ! बोक्सीको नाममा छोराले आफ्नै आमालाई गिड्न पछिपर्दैनन् । साच्चिनै देवता रिसाएर अनिष्ट हुन्छ भनेर आफ्नै छोरी बुहारीलई छाउगोठमा घुचट्दा कतिका ज्यान गएको छ । स्वर्ग, नर्क, जात, वर्ण, लिङ्ग आदिको संरचना सबै ईश्वरको लीला हो भनेर जुन धर्मभिरुहरूले मिथ्या कल्पना बाँडिरहेका हुन्छन् उनैलाई सत्गुरु भनेर साराले पाउ पुजेर जल खान्छन् । स्वर्गबासको आश र नर्कबासको त्रास सबै मिथ्या हो । भौतिक जीवन जगतनै यथार्थ हो । आजसम्म अध्यात्मकवादले झुटको खेती गरेर जनताबाट लुटको भेटी खाइरहेको छ । यी सबै समन्तवादी संरचना ध्वस्त पार्नु पर्दछ । मक्र्सवादी विज्ञानले अलौकिक बस्तु स्वीकार गर्दैन । प्रकृति तथा भौतिक जगत एवं पदार्थबाट प्राप्त ज्ञान नै शाश्वत शत्य हो भन्दै सत्ता समाल्न पुगेका नेताहरू आज नयाँ मठमन्दिर शिलान्यास र उद्घाटन गर्दै हिंड्दछन् । यस्तै जातीय छुदभेदका समस्या पनि त धार्मिक आधारमा नै विकास भएको हो । यसर्थ वैचारिक र सांस्कृतिक संघर्ष चलाउन र आफ्नै जीवनमा लागु गर्न असाध्य जटिल कार्य हुन आएको छ ।        
    वैचारिक संघर्ष भन्नासाथै सर्वहारावादी दृष्टिकोण र माक्र्सवादी सिधान्तको आधारमा उत्पीडितहरूको संघर्षशील शक्ति सबल बनाउँने र सामाजिक मुक्तिका बाधकहरूसँग जुध्ने कुरा आउँछ । पुरातन संरचनामा नै रमाउँनेहरूका आशीर्वादबाट मुक्ति प्राप्त होला भन्ने भ्रम त्यागिदिनु पर्दछ । राजनीतिक र सामाजिक रूपमा सांकिृतिक संघर्ष गर्ने केही मापदण्ड छन् । 
    वैचारिक निष्ठालाई भजाएर कुनै पनि पद, पैसा, पुरस्कारको प्रलोभनमा नपर्नु, जानी वा नजानी कुनै गल्ती भएमा पश्चात्ताप पूर्व आत्मआलोचना गर्नु, कुनै पनि सङ्कटका बेलामा पनि नैतिकता नकुल्चने आदि राजनीतिक क्षेत्रका बैचारिक संघर्षहुन् । जन्म मृत्यु, चाड पर्व, विवाह, वर्तबन्ध जस्ता कार्यमा रुढीगत परंपरालाई आमूल परिवर्तन गर्न सक्ने सामाजिक संघर्ष हो । हरेक परिवेसमा यी यस्ता विषयमा गम्भिर हुँदै ९१ वर्षिय मेरा पिता झिमलाल बरालीको ३ दिनमा सोक सभागी क्रियाकर्म सम्मन्न गर्ने जस्ता कार्य जो भयो; मेरा जीवन का साँस्कृति संघर्ष एउटा पक्ष हो । 
      
हाल
बसोबास –चन्द्रागिरि न.पा.१४, नैकाप काठमाडौँ । 

टिप्पणीहरू